चन्द्रागिरिमा बालकको शव भेटियो

काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि–१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका–७ घर भई हाल चन्द्रागिरि–१० सानो मन्दिर बस्दै आएका एक बालकको शव फेला परेको जानकारी दिए । बालकको नाम भने गोप्य राखिएको छ ।
प्रवक्ता मैनालीले शव फेला परेसँगै महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र फसेन्सिक मेडिसिन डाक्टरको टोली घटनास्थलमा पुगेर शवलाई परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताए ।
शवमा भने कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । मृत्युका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया