रसिया र युक्रेन विवादलाई लिएर टिभी शोमै पत्रकार र राजनीतिज्ञबीच कुटाकुट
एजेन्सी । युक्रेनको एक टेलिभिजन शोमा पत्रकार र राजनीतिज्ञबीच कुटाकुट भएको छ । पत्रकार तथा अभियान्ता युरी बुटुसोभले अन्तर्वार्ता दिन पुगेका रसिया समर्थक राजनीतिज्ञ सांसद नेस्टर सुफ्रिचमाथि कार्यक्रममै हातपात गरेका हुन् ।
उक्त शोमा रसियाले युक्रेनमाथि गर्न सक्ने सम्भावित हमला र त्यसमा युक्रेनका अधिकारीहरूले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा छलफल चलिरहेको थियो । कुराकानीको क्रममा सुफ्रिचले रसियाका राष्ट्रपति भ्याादिमिर पुटिनको निन्दा गर्न नमानेपछि बुटुसोभले सुफ्रिचलाई ‘देशद्रोही’ को संज्ञा दिए । कार्यक्रममा यूक्रेनका पूर्वप्रधानमन्त्री आरसेनी याटसेनयुक पनि उपस्थित थिए ।
रुसी सेनाले सम्भावित आक्रमणको लागि सिमानामा सेना जम्मा गरेकोले पुटिनको निन्दा गर्न अस्वीकार गरेपछि राजनीतिज्ञलाई उनीसँगै उपस्थित अन्यले पनि आक्रमण गरे । पुटिनको विषयमा विवाद चर्किएपछि प्रर्वप्रधानमन्त्रीकै अघि ती पत्रकारले सुफ्रिचमाथि कुटपिट गरेका हुन् ।
उक्त कार्यक्रममा सुफ्रिचलाई पुटिन एक हत्यारा हुन् या अपराधी भनेर प्रश्न गरिएको थियो । तर उनले जवाफ दिन अस्वीकार गर्दै भने, ‘यो विषय युक्रेनका अधिकारीहरूलाई नै सामाधान गर्न दिनुस् ।’
यत्तिकैमा कार्यक्रममै उपस्थित पूर्वराष्ट्रपति पोरोसेन्कोले प्रतिक्रिया जनाउँदै सुफ्रिचलाई ‘रसियन एजेन्ट’ को संज्ञा दिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया