NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

रसिया र युक्रेन विवादलाई लिएर टिभी शोमै पत्रकार र राजनीतिज्ञबीच कुटाकुट

एजेन्सी । युक्रेनको एक टेलिभिजन शोमा पत्रकार र राजनीतिज्ञबीच कुटाकुट भएको छ । पत्रकार तथा अभियान्ता युरी बुटुसोभले अन्तर्वार्ता दिन पुगेका रसिया समर्थक राजनीतिज्ञ सांसद नेस्टर सुफ्रिचमाथि कार्यक्रममै हातपात गरेका हुन् ।

उक्त शोमा रसियाले युक्रेनमाथि गर्न सक्ने सम्भावित हमला र त्यसमा युक्रेनका अधिकारीहरूले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा छलफल चलिरहेको थियो । कुराकानीको क्रममा सुफ्रिचले रसियाका राष्ट्रपति भ्याादिमिर पुटिनको निन्दा गर्न नमानेपछि बुटुसोभले सुफ्रिचलाई ‘देशद्रोही’ को संज्ञा दिए । कार्यक्रममा यूक्रेनका पूर्वप्रधानमन्त्री आरसेनी याटसेनयुक पनि उपस्थित थिए ।

रुसी सेनाले सम्भावित आक्रमणको लागि सिमानामा सेना जम्मा गरेकोले पुटिनको निन्दा गर्न अस्वीकार गरेपछि राजनीतिज्ञलाई उनीसँगै उपस्थित अन्यले पनि आक्रमण गरे । पुटिनको विषयमा विवाद चर्किएपछि प्रर्वप्रधानमन्त्रीकै अघि ती पत्रकारले सुफ्रिचमाथि कुटपिट गरेका हुन् ।
उक्त कार्यक्रममा सुफ्रिचलाई पुटिन एक हत्यारा हुन् या अपराधी भनेर प्रश्न गरिएको थियो । तर उनले जवाफ दिन अस्वीकार गर्दै भने, ‘यो विषय युक्रेनका अधिकारीहरूलाई नै सामाधान गर्न दिनुस् ।’

यत्तिकैमा कार्यक्रममै उपस्थित पूर्वराष्ट्रपति पोरोसेन्कोले प्रतिक्रिया जनाउँदै सुफ्रिचलाई ‘रसियन एजेन्ट’ को संज्ञा दिए ।