प्रचण्डलाई वैद्यको चेतावनी, ‘एमसिसी राष्ट्रघाती छ, पारित गरे राम्रो हुँदैन’
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रचण्डलाई भेट्न वैद्य आज उनको निवास खुमलटार गएका थिए ।
भेटवार्तामा वैद्यले प्रचण्डलाई एमसिसी सम्झौता राष्ट्रघाती भएकाले पारित गर्नुनहुने सुझाव दिएका थिए ।
राष्ट्रघाती बुँदा संशोधन नगरी संसद्मा एमसिसी टेबल गरेकोमा आपत्ति जनाउँदै वैद्यले प्रचण्डसँग यसबारे जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसिसी टेबल गरेको बताएको वैद्यको सचिवालयले जनाएको छ ।
त्यसपछि वैद्यले प्रचण्डलाई एमसिसी राष्ट्रघाती छ पास गरेका राम्रो हुँदैन भनेर चेतावनी दिएका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया