प्रचण्डलाई वैद्यको चेतावनी, ‘एमसिसी राष्ट्रघाती छ, पारित गरे राम्रो हुँदैन’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रचण्डलाई भेट्न वैद्य आज उनको निवास खुमलटार गएका थिए ।
भेटवार्तामा वैद्यले प्रचण्डलाई एमसिसी सम्झौता राष्ट्रघाती भएकाले पारित गर्नुनहुने सुझाव दिएका थिए ।
राष्ट्रघाती बुँदा संशोधन नगरी संसद्मा एमसिसी टेबल गरेकोमा आपत्ति जनाउँदै वैद्यले प्रचण्डसँग यसबारे जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसिसी टेबल गरेको बताएको वैद्यको सचिवालयले जनाएको छ ।
त्यसपछि वैद्यले प्रचण्डलाई एमसिसी राष्ट्रघाती छ पास गरेका राम्रो हुँदैन भनेर चेतावनी दिएका थिए ।
ताजा अपडेट
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
प्रतिक्रिया