NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

लगातार ज्ञानेन्द्र र दीपेन्द्रको विकेट गुमेपछि नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौं । युएईविरुद्ध १७६ रन पछ्याएको नेपाललाई पाँचौ र छैटौं झट्का लागेको छ । युएईलाई जित्नैपर्ने खेलमा भरपर्दा ज्ञानेन्द्र मल्ल २० रन बनाएर खेलिरहँदा लगातार छक्का हान्ने धुनमा क्याचआउट भए ।

लगत्तै ३८ बलमा ३८ रन बनाएर खेलिरहेका दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि नेपालको विश्वकप खेल्ने सपना लगभग सकिएको छ ।

१३ ओभर सकिंदा नेपालको ६ विकेट गुमाएर ८६ रन कटाएको छ । भरपर्दा र टिमलाई जिताउन सक्ने खेलाडी नटिकेपछि नेपाललाई लक्ष्यसम्म पुग्न कठिन देखिएको हो ।