प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मको लागि स्थगन
जनकपुर । मधेस प्रदेशसभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मको लागि स्थगित गरेको हो ।
प्रदेशसभा भवनको कम्पाउण्डभित्र कालोपत्र गर्ने काम भइरहेको र फागुन १५ गते हुन लागेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेशसभा सदस्य व्यस्त भएकाले आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यतालिका थियो । यसअघि फागुन १ गते आह्वान गरिएको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगित गरेको थियो ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया