देउवा र ओलीको ‘विशेष वार्ता’मा पोखरेल र पौडेल पनि थपिए
काठमाडौं । एमसिसी संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नजुटिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।
ओली प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न बालुवाटार गएका हुन् ।
संसद्मा एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच पहिलो पटक आमुन्ने सामुन्ने छलफल भएकोे हो ।
यसैबीच, देउवा र ओलीको भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सम्मिलित भएका छन् ।
एमसिसी पारित गर्न सत्ता गठबन्धनकै नेताहरूले धोका दिएको महशुस गरेको प्रधानमन्त्री देउवाले ओलीसँग नयाँ सत्ता समीकरणका लागि छलफल चलाएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।
यता, एमालेनिकट स्रोतले पनि देउवा र ओलीको भेटलाई ‘विशेष वार्ता’को संज्ञा दिएको छ ।
सत्तारुढ प्रमुख घटकमध्ये माओवादी केन्द्र, एकीकृत समाजवादीले एमसिसी पारित गर्न सहयोग नगर्ने बताउँदै आएका छन् ।
यसअघि देउवाले अमेरिकी राजदूत ¥यान्डी बेरीसँग पनि भेटवार्ता गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया