NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

देउवा र ओलीको ‘विशेष वार्ता’मा पोखरेल र पौडेल पनि थपिए

काठमाडौं । एमसिसी संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नजुटिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

ओली प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न बालुवाटार गएका हुन् ।

संसद्मा एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच पहिलो पटक आमुन्ने सामुन्ने छलफल भएकोे हो ।

यसैबीच, देउवा र ओलीको भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सम्मिलित भएका छन् ।

एमसिसी पारित गर्न सत्ता गठबन्धनकै नेताहरूले धोका दिएको महशुस गरेको प्रधानमन्त्री देउवाले ओलीसँग नयाँ सत्ता समीकरणका लागि छलफल चलाएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

यता, एमालेनिकट स्रोतले पनि देउवा र ओलीको भेटलाई ‘विशेष वार्ता’को संज्ञा दिएको छ ।

सत्तारुढ प्रमुख घटकमध्ये माओवादी केन्द्र, एकीकृत समाजवादीले एमसिसी पारित गर्न सहयोग नगर्ने बताउँदै आएका छन् ।

यसअघि देउवाले अमेरिकी राजदूत ¥यान्डी बेरीसँग पनि भेटवार्ता गरेका थिए ।