NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

देउवा र ओलीको वार्ता विनानिष्कर्ष टुंगियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

दुवै नेताले आ–आफ्नै अडान नछोडेपछि वार्ता विनानिष्कर्ष टुंगिएको एमालेका एक नेताले बताए ।

एमसिसी संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नजुटिरहेको बेला प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच वार्ता भएको हो ।

भेटवार्तामा देउवाले ओलीलाई एमसिसी पारित गर्न सघाउन अनुरोध गरेका थिए । जवाफमा ओलीले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाएपछि मात्र एमसिसी लगायतका विषयमा छलफल हुने बताएका थिए ।

देउवा र ओलीको ‘विशेष वार्ता’मा पोखरेल र पौडेल पनि थपिए

देउवा भेट्न ओली बालुवाटारमा, नयाँ सत्ता समीकरणबारे छलफल हुँदै