देउवा र ओलीको वार्ता विनानिष्कर्ष टुंगियो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।
दुवै नेताले आ–आफ्नै अडान नछोडेपछि वार्ता विनानिष्कर्ष टुंगिएको एमालेका एक नेताले बताए ।
एमसिसी संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नजुटिरहेको बेला प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच वार्ता भएको हो ।
भेटवार्तामा देउवाले ओलीलाई एमसिसी पारित गर्न सघाउन अनुरोध गरेका थिए । जवाफमा ओलीले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाएपछि मात्र एमसिसी लगायतका विषयमा छलफल हुने बताएका थिए ।
देउवा र ओलीको ‘विशेष वार्ता’मा पोखरेल र पौडेल पनि थपिए
देउवा भेट्न ओली बालुवाटारमा, नयाँ सत्ता समीकरणबारे छलफल हुँदै
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया