अमेरिकासहित विभिन्न पश्चिमा मुलुकले लगाए रुसमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले रुसमाथि प्रतिबन्धको घोषणा गरेका छन् । युक्रेनका पृथकतावादी समूहले कब्जा जमाएका दुई स्थानलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएपछि पश्चिमा राष्ट्रले रुसमाथि प्रतिबन्धको कदम चालेका हुन् ।
रुसमाथि प्रतिबन्धको घोषणा गर्नेमा अमेरिकासँगै क्यानडा, बेलायत, युरोपियन युनियन छन् ।
अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी बैंकको व्यापारमा रोक लगाएको छ । त्यसैगरी, रुसी समकक्षीसँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले तय गरेको वार्तासमेत रद्द भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमा गतिविधि बढाएमा थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
रोपियन युनियनले रुसी सांसद लक्षित प्रतिबन्ध घोषणा गरेको छ भने बेलायत र क्यानडाले रुसको अर्थतन्त्रलाई लक्ष्य गरेर प्रतिबन्ध लगाएका छन् । जर्मनीले चाहिँ रुससँगको प्रमुख इन्धन पाइपलाइन नोर्ड स्ट्रिम २ को कार्य तत्कालका लागि रोकेको छ ।
रुसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै गतिविधि बढाएपछि चौतर्फी आलोचना भइरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसको यो कदमको निन्दा गरेका छन् । रुसले युक्रेनमा स्थापना गरेको सेनाले शान्ति कायम गर्न नसक्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन ट्रम्पले गरे घोषणापत्रमा हस्ताक्षर
-
संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
-
अबदेखि घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने, कारण यस्तो छ
-
सार्वजनिक यातायात सेवामा बन्द-हडताल नगर्न सर्वोच्चको आदेश
प्रतिक्रिया