अमेरिकासहित विभिन्न पश्चिमा मुलुकले लगाए रुसमाथि प्रतिबन्ध
काठमाडौं । अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले रुसमाथि प्रतिबन्धको घोषणा गरेका छन् । युक्रेनका पृथकतावादी समूहले कब्जा जमाएका दुई स्थानलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएपछि पश्चिमा राष्ट्रले रुसमाथि प्रतिबन्धको कदम चालेका हुन् ।
रुसमाथि प्रतिबन्धको घोषणा गर्नेमा अमेरिकासँगै क्यानडा, बेलायत, युरोपियन युनियन छन् ।
अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी बैंकको व्यापारमा रोक लगाएको छ । त्यसैगरी, रुसी समकक्षीसँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले तय गरेको वार्तासमेत रद्द भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमा गतिविधि बढाएमा थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
रोपियन युनियनले रुसी सांसद लक्षित प्रतिबन्ध घोषणा गरेको छ भने बेलायत र क्यानडाले रुसको अर्थतन्त्रलाई लक्ष्य गरेर प्रतिबन्ध लगाएका छन् । जर्मनीले चाहिँ रुससँगको प्रमुख इन्धन पाइपलाइन नोर्ड स्ट्रिम २ को कार्य तत्कालका लागि रोकेको छ ।
रुसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै गतिविधि बढाएपछि चौतर्फी आलोचना भइरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसको यो कदमको निन्दा गरेका छन् । रुसले युक्रेनमा स्थापना गरेको सेनाले शान्ति कायम गर्न नसक्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया