NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

एलआइसीको वार्षिक साधारण सभा हुँदै, यस्ता छन् एजेण्डा

काठमाडाैं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको वार्षिक साधारण सभा आज बुधबार बस्दैछ ।

सभा एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११:१५ बजे सुरु हुने जनाएको  । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ ।

कम्पनीले साधारणा सभामा २१.०५५ लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५५ नगद लाभांश वितरण गर्न लागेको हो ।

साधारणसभामा  आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल कम्पनीले जनाएको छ । प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । साथै, १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि रहेको छ ।