NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एमसिसी संसद्मा पेश भएको भन्दै बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । अमेरिकी आर्थिक सहयोग परियोजना एमसिसी संसदमा टेबल भएपछि कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ ।

यस अघि संसदमा टेबल भएको एमसिसीका विषयमा बिहीबार बस्ने संसद बैठकमा प्रक्रिया अघि बढ्ने भएपछि सत्ताको नेतृत्वकर्ता दल कांग्रेसले अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई निर्देशन दिएको प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

‘महत्वपूर्ण एमसिसीको विषय संसदमा प्रवेश गरिसकेकोले यस्तो बैठकमा सबैले भाग लिनुपर्छ भनेर बोलाइएको छ’ भुसालले भनिन्, ‘जहाँ हाम्रा सबै सांसद उपस्थित हुनुहुन्छ ।’ संसद बैठक भोलि दिउसो १ बजे बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पासको गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । सत्तारुढ दलमा सहमति नजुटे प्रतिपक्षी एमालेलाई विश्वासमा लिएर भए पनि एमसिसी पास गर्ने विषयलाई प्रधानमन्त्रीले प्राथमिकतामा राख्दै संवाद अघि बढाएका छन् ।यस अघि

एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास पुगेका देउवाले मंगलबार बालुवाटार बोलाएर ओलीसँग छलफल गरेका थिए ।
अहिलेको सत्ता गठबन्धन तोडिए एमसिसीमा सरकारलाई सहयोग गरेर जाने प्रष्ट संकेत ओलीले दिइसकेका छन् ।