एमसिसीबारे बिहीबार संसद्मा छलफल हुने
काठमाडौं । प्रतिनिधि सभामा गत फागुन ८ गते पेस भएको अमेरिकी परियोजना एमसिसीबारे बिहीबार छलफल हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ‘एमसिसीबारे सामान्य टलफल गरियोस्’ प्रस्ताव संसद्मा लाने संसद् सचिवालयले आज एक सूचना जारी गर्दै जनाएको छ ।
एमसिसी सदनमा टेबल भएको दिन अर्थमन्त्री शर्मा भने अनुपस्थित थिए ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार नै कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् ।
एमसिसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुने बताइएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया