३१२ कोरोना संक्रमित थपिए, ९११ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार १०३ जनामा पिसिआर परीक्षण गर्दा २५६ जना र ३ हजार ५१० जनामा एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी कुल ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पिसिआर परीक्षणमात्रै ९ लाख ७६ हजार ३६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ९११ जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ५४ हजार ३४१ जना पुगेको छ ।
आज कोरोनाबाट थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट हालसम्म ११ हजार ९३० जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ९० जना रहेका छन् ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया