एमसिसीबारे फेरि बोल्यो चीन, दियो ‘पान्डोराज बक्स’को संज्ञा

काठमाडौं । अमेरिकी परियोजना एमसिसीबारे चीन फेरि बोलेको छ । एकसाता बित्न नपाउँदै चीन एमसिसीबारे दोस्रोपटक बोलेको हो । गत फागुन ६ गते अमेरिकाले नेपाललाई एमसिसी पारित गर्न ढिला गरेकोमा धम्की दिएको बताएका थिए ।
आज फेरि अर्की प्रवक्ता एमसिसीबारे कडा टिप्पणी गरेकी छिन् । प्रवक्ता हुवा चुनयिङलेले एससिसीलाई पान्डोराज बक्सको संज्ञा दिएकी छिन् ।
चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले प्रश्न गरिन्, ‘एमसिसी उपहार हो कि पान्डोराज बक्स ?’
अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसिसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट नेपाललाई उपहार भनेकाप्रति प्रवक्ता हुवाले व्यङ्ग्य गरेकी हुन् ।
‘के आजकल उपहार पनि अल्टिमेटमको प्याकेजसहित आउँछ ? कहिलेबाट आउन थाल्यो, यो कुराले मलाई आश्चर्य लाग्यो’, उनले प्रश्न गर्दै भनिन्, ‘यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? यो उपहार हो वा पान्डोराज बक्स ?’
एमसीसी परियोजना नेपालीका लागि हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने उनले बताइन् ।
गत शुक्रबार भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पनि एमसिसीबारे बोलेका थिए ।
‘चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग निशर्त नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ,’ वेनबिनले भनेका छन् ।
सोही दिन यसको प्रतिकार गर्दै अमेरिकी राजदूत ¥यान्डी बेरीले चीनको प्रतिवाद गर्दै एमसिसीबारे शान्तिपूर्ण बहस गर्न तयार रहेको बताएका थिए ।
आन्तरिक विवादमा सीमित भएन एमसिसी, अमेरिका र चीनबीच पनि जुहारी
अमेरिकी राजदूतले भने : एमसिसीबारे खुला बहस गर्न तयार छु, हिंसा मानिँदैन
एमसिसी विवादमा चीन पनि : अमेरिकालाई भन्यो, ‘धम्कीपूर्ण कूटनीतिको विरोध गर्छौं’
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया