कुलमान घिसिङकी पत्नी राप्रपा जिल्ला उपाध्यक्ष चयन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीमार्फत राजनीतिमा होमिएकी छन् । उनलाई राप्रपाले धादिङ जिल्ला उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
गत माघमा सम्पन्न जिल्ला अधिवेशनले दीपालाई जिल्ला कमिटी सदस्यमा चयन गरेको थियो । कार्यसमिति सदस्यमध्येबाट पदाधिकारी चयन गर्ने विधानको व्यवस्थाबमोजिम उनलाई उपाध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका धादिङ अध्यक्ष ध्रुव खनालले जानकारी दिए ।
दीपा धादिङको रुविभ्याली गाउँपालिकाकी हुन् । उनलाई सोही स्थानबाट प्रतिनिधित्त्व गर्नेगरी उपाध्यक्ष चयन गरिएको हो ।
त्यसैगरी, नीलकण्ठ नगरपालिकाका श्यामसिंह ठकुरीलाई पनि उपाध्यक्ष चयन गरिएको छ । अध्यक्षको अनुपस्थितिका बेला कार्यवाहकको जिम्मेवारी लिनेगरी उनलाई उपाध्यक्ष मनोनीत गरिएको राप्रपाले जनाएको छ । बेनीघाट रोराङबाट प्रतिनिधित्त्व हुने गरी उपाध्यक्षमा शालिकराम सिलवाल चयन भएका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया