पुनर्वासमा जङ्गली हात्ती मृत फेला
कञ्चनपुर । पुनर्वास नगरपालिका–२, अमरैयामा एक जङ्गली हात्ती आज दिउँसो मृतावस्थामा फेला परेको छ । कुण्डा सबडिभिजन वन कार्यालय पचकडियाका सहायक वन अधिकृत दिनेशकुमार यादवका अनुसार दोदा नदी नजिकैको खल्लास्थित स्थानीय किसानको उखु बारीभित्र जङ्गली वयस्क हात्ती मृतावस्थामा फेला परेको हो ।
तीन दिन अघिदेखि हात्ती यस क्षेत्रमा निरन्तररूपमा देखिँदै आएको थियो । स्थानीय बासिन्दा र वन कार्यालयका कर्मचारीले हात्तीलाई लालझाडी संरक्षण क्षेत्रतर्फ फर्काउने प्रयास गर्दासमेत फर्केको थिएन ।
‘हात्ती बिरामी रहेछ,’ अधिकृत यादवले भने, ‘मृतावस्थामा भेटिएको छ ।’
हात्तीको के कति कारणले मृत्यु भएको भन्नेबारे भेटेरिनरी चिकित्सकले जाँच गरेपश्चात् मात्रै थाहा हुने उनले बताए । मृतावस्थामा फेला परेको हात्तीको वन कार्यालयका कर्मचारी र प्रहरीको टोलीले संयुक्तरूपमा घटनास्थलको मुचुल्का तयार गरेका छन ।
मृत हात्तीको उमेर करिब १० वर्ष रहेको बताइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया