रुसद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा
काठमाडौं । रुसले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका हुन् ।
रुसले यतिबेला यस्तो कदम चालेको छ जतिबेला तनाव मत्थर गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठक बसिरहेको थियो ।
बिबिसीका अनुसार पुटिनले टेलिभिजन सम्बोधन गर्दै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले यसअघि वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको बताएका थिए ।
रुसले केही दिनअघि युक्रेनका पृथकतावादी समूहले कब्जा जमाएका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । रुसको यस्तो घोषणासँगै अमेरिका, बेलायत, क्यानडालगायत मुलुकले उसका विरुद्ध विभिन्न प्रतिबन्धको घोषणा गरेको थियो । रुसविरुद्ध थप कदम चाल्ने चेतावनी दिएका यी मुलुकले युद्ध घोषणापछि भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया