युक्रेन कब्जा गर्ने योजना छैन : पुटिन
काठमाडौं । युक्रेनविरुद्ध सैन्य कारबाहीको घोषणा गरेको रुसले युक्रेन कब्जाको योजना नरहेको बताएको छ । युक्रेनविरुद्ध युद्ध घोषणा गर्न आयोजित टेलिभिजन सम्बोधनका क्रममा पुटिनले युक्रेनमाथि कब्जा गर्ने कुनै योजना नरहेको बताए ।
‘आफ्नो देश कसले चलाउँछ भन्ने रोज्य युक्रेनी नागरिक स्वतन्त्र छन्,’ टेलिभिजन सम्बोधनका क्रममा पुटिनले भने, ‘युक्रेनमाथि कब्जा गर्ने कुनै योजना छैन ।’
उनले आत्मरक्षाका लागि यो कदम चालेको बताए ।
रुस र युक्रेनको बढ्दो तनावबीच रुसले युक्रेनविरुद्ध सैन्य कारबाहीको घोषणा गरेको छ । रुसको यस्तो घोषणासँगै विश्व तरंगित भएको छ । संयुक्त राष्ट्र संघले तत्काल युद्ध रोकेर शान्तिको मौका दिन अपिल गरेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया