युनाइटेड हारबाट जोगियो
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेलमा इंग्लिस महारथी म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । युनाइटेड स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग हारबाट जोगिएको हो ।
गएराति भएको अन्तिम १६ को पहिलो लेगमा युनाइटेड एट्लेटिले १– १ गोलको बराबरी खेल ।
खेलको सातौं मिनेटमा जाओ फेलिक्सले गोल गर्दै घरेलु टोली एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि पहिलो हाफमा युनाइटेड खेलमा फर्कने कोसिस गरेको थियो तर सम्भव भए ।
एट्लेटिकोले पनि दुई गोलको अग्रता लिने केही अवसर खेल फालेको थियो ।
पहिलो हाफमा एट्लेटिको १–० ले अगाडि रह्यो ।
तर, खेलको ८० औं मिनेटमा एन्थोनी एलंगाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याउँदै युनाइटेडलाई हारबाट जोगाए ।
युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले खेलमा गोल गर्न सकेनन् । पाएका केही अवसर खेर फालेका थिए ।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा युनाइटेडको मैदानमा हुनेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया