बेन्फिका र आयाक्सले बराबरी खेले
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगिज क्लब बेन्फिका र डच महारथी आयाक्सले २–२ गोलको बराबरी खेलेका छन् ।
खेलको १८ औँ मिनेटमै डुसान टेडिकले आयाक्सलाई अग्रता दिलाएका थिए ।
तर, २६ औँ मिनेटमा सेबास्टियन हालारले आत्घाती गोल गरेपछि खेल बराबरीमा आयो ।
यद्यपि, हालारले नै २९ औँ मिनेटमा गोल गर्दै आयाक्सलाई २–१ अग्रता दिलाए ।
त्यसपछि रोमन आरेमचुकले ७२ औँ मिनेटमा गोल गर्दै घरेलु टोली बेन्फिकालाई हारबाट जोगाए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया