NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

युक्रेन मामिलामा भारतको प्रतिक्रियाको रुसद्वारा स्वागत

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भारतले पूर्वी युक्रेनबारे राखेको धारणाको रुसले स्वागत गरेको छ ।

भारतका लागि रुसी कार्यकारी राजदूत रोमन बाबुश्किनले भारतको अंग्रेजी पत्रिका द हिन्दूमा अन्तर्वार्ता दिँदै पूर्वी युक्रेनबारे भारतले दिएको प्रतिक्रिया स्वतन्त्र रहेको बताएका छन् ।

‘रुसमाथि लागेको प्रतिबन्धका कारण भारतमा एस–४०० मिसाइल प्रणालीको काममा प्रभावित हुँदैन । भारतले रुससँग पनि सैन्य उपकरण किन्न सक्छ । आपूर्तिमा कुनै असर हुँदैन ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको रुस भ्रमणले भारत र आफ्नो देशको सम्बन्धमा कुनै असर नगर्ने राजूतले स्पष्ट पारे । पाकिस्तानी प्रधानमन्त्री खानले बुधबार मात्र रुसको भ्रमण गरेका थिए ।

के थियो भारतको कदम ?

केही दिनअघि मात्र युक्रेनका पृथकतावादी समूहद्वारा नियन्त्रित दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिने घोषणा गरेको थियो ।

पृथकतावादी समूहले लामो समयदेखि नियन्त्रण जमाउँदै आएका पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्सक क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएको हो ।

यसलाई लिएर अमेरिकालगायत पश्चिमा राष्ट्र रुसमाथि प्रतिबन्ध लगाइरहेका छन् । तर भारतले भने युएनको सुरक्षा परिषद्मा रुसको कदमको आलोचना गरेको छैन ।

युएनका लागि भारतका स्थायी प्रतिनिधि टिएस तिरुमूर्तिले रुसको कदमको आलोचना आलोचना नगर्ने बताएका थिए ।