रुसले क्षेप्यास्त्र हान्न थालेपछि युक्रेनी राष्ट्रपतिले गरे सैन्य कानुन लागू
काठमाडौं । रुसले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका हुन् ।
सैन्य कारबाहीको घोषणा गरेका केहीबेरमै रुसले युक्रेनमाथि लगातार आक्रमण गर्न थालेको छ ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा सैन्य कानुन लागू गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिँदै राष्ट्रपति जेलेन्स्कीले सैन्य कानुन लागू गरेको घोषणा गरेका हुन् ।
रुसले युक्रेनका केही स्थानमा क्षेप्यास्त्र प्रहार गरको युक्रेनका सरकारी अधिकृत र सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
साथै युक्रेनको साउथ कोस्ट आफ्ना सेना युक्रेनमा प्रवेश गराएको बताइएको छ ।
केही घण्टाअघि युक्रेनको राजधानी किभनजिक विष्फोट भएको थियो ।
बिबीसीले जनाएअनुसार किभ क्षेत्रमा ५ देखि ६ वटासम्म विष्फोटका आवाज सुनिएको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया