NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

५८ अंकले घट्यो नेप्से, ४ अर्ब २९ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से घटेको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार आज नेप्से ५८.९९ अंकले घटेर २६६१.४४ बिन्दुमा पुगेको हो ।

आज सेन्सेटिभ इन्डेक्स १०.३६ घटेर ५०७.५८ बिन्दुमा पुगेको छ । आज २२९ कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूमहकै सेयरमूल्य घटेको छ । आज सबैभन्दा बढी फाइन्सको सेयरमूल्य घटेको छ ।

फाइनान्सको सेयरमूल्य ३.०१ प्रतिशतले घटेको हो ।