राप्रपा नेपालले विभिन्न जिल्लामा तोक्यो संयोजक, को कहाँ ?
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई अघि बढाउने रणनीति अख्तियार गरेको पार्टीले जनाएको छ ।
आज मात्र राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । कास्कीका राप्रपा नेपालसम्बद्ध नेता, कार्यकर्ताहरूको भेलाले शिवकुमार बाँस्तोलाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।
नगगठित समितिका सदस्यहरूमा सूर्यप्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्रकुमारी शाही, चिना दुवाडी, सागर क्षेत्री, टुकबहादुर गुरुङ, विमल बराल, हिमाल पोखरेल, विष्णुराज बाँस्तोला, कृष्णप्रसाद बाँस्तोला, लिलाधर गौतम, दीपक सुनार, अनुज अधिकारी हमाल, वीरबहादुर तामाङ, टिकीसरा गर्वुजा तामाङ, स्विटी केसी, सुरेश शिल्पकार, सन्तोष घिमिरे, वर्षा ढकाल, टेकबहादुर जलरी, रोशन पौडेल, सजग तिवारी, सुनिल बाँस्तोला र छविलाल लामिछाने छन् ।
यस्तै बाँके जिल्लाको संयोजकमा दीपेन्द्रबहादुर सिंह, हुम्लाकोे संयोजकमा सुमन रावत तथा चितवनको संयोजकमा विष्णु खराललाई तोकिएको छ ।
अन्य जिल्लामा पनि चाँडै जिल्ला कार्य समिति निर्माण गर्ने राप्रपा नेपालका नेता राजाराम वर्तौलाले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया