नेपाली बजारमा एक वर्षमा झण्डै दुई हजार निसान म्याग्नाइट
काठमाडौं । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले एक वर्षमा झण्डै दुई हजारवटा निसान म्यागनाइट नेपाल भित्र्याइसकेकाे छ ।
गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरेसंगै यो अवधीभित्र एक हजार ४ सय ९९ वटा निसान म्याग्नाइट नेपाली बजारमा उपलब्ध भइसकेको हो । अहिलेसम्म दुई हजार दुई सय २६ वटा निसान म्याग्नाइट बुकिङ्ग भइसकेको छ ।
छोटो समयावधिमा नेपाली बजारमा अत्यधिक रुचाइनुका साथै निसान म्यागनाइटले “कम्प्याक्ट एस.यू.भी अफ द इयर” , टप गियर अवार्डस् २०२१, “ड भ्यालू फर मनी कार अफ द इयर” का – अटोकार अवार्डस् “अटोमोबाइल ग्याजेट अफ द इयर”, र कार एण्ड बाइक्स् २०२१ को बिजेता हुनु का साथै सुरक्षामा चार स्टार रेटिङ्ग हासिल गर्न सफल भएको छ ।
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक श्री सन्दीप कुमार शारदाले निसान म्याग्नाइटको लागि अपार माया र समर्थन देखाउने सबै ग्राहक शुभचिन्तक एवं मिडियाकर्मीहरुलाई धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया