नेपाली बजारमा एक वर्षमा झण्डै दुई हजार निसान म्याग्नाइट

काठमाडौं । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले एक वर्षमा झण्डै दुई हजारवटा निसान म्यागनाइट नेपाल भित्र्याइसकेकाे छ ।
गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरेसंगै यो अवधीभित्र एक हजार ४ सय ९९ वटा निसान म्याग्नाइट नेपाली बजारमा उपलब्ध भइसकेको हो । अहिलेसम्म दुई हजार दुई सय २६ वटा निसान म्याग्नाइट बुकिङ्ग भइसकेको छ ।
छोटो समयावधिमा नेपाली बजारमा अत्यधिक रुचाइनुका साथै निसान म्यागनाइटले “कम्प्याक्ट एस.यू.भी अफ द इयर” , टप गियर अवार्डस् २०२१, “ड भ्यालू फर मनी कार अफ द इयर” का – अटोकार अवार्डस् “अटोमोबाइल ग्याजेट अफ द इयर”, र कार एण्ड बाइक्स् २०२१ को बिजेता हुनु का साथै सुरक्षामा चार स्टार रेटिङ्ग हासिल गर्न सफल भएको छ ।
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक श्री सन्दीप कुमार शारदाले निसान म्याग्नाइटको लागि अपार माया र समर्थन देखाउने सबै ग्राहक शुभचिन्तक एवं मिडियाकर्मीहरुलाई धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया