थप २७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५५५ सङ्क्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६२८ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ६७० पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार २५५ रहेको छ ।
पछिल्लो समय थप ५५५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार ४५८ पुगेको छ ।
सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
यस रोगबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २२ हजार ४९३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २८० रहेको छ । अहिले होम आइसोलेसनमा नौ हजार २६ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २५४ आइसीयुमा ९२ र भेन्टीलेटरमा १५ जनाले उपचार गराइरहेका छन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया