थप २७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५५५ सङ्क्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६२८ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ६७० पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार २५५ रहेको छ ।
पछिल्लो समय थप ५५५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार ४५८ पुगेको छ ।
सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
यस रोगबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २२ हजार ४९३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २८० रहेको छ । अहिले होम आइसोलेसनमा नौ हजार २६ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २५४ आइसीयुमा ९२ र भेन्टीलेटरमा १५ जनाले उपचार गराइरहेका छन् ।
ताजा अपडेट
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
-
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
प्रतिक्रिया