NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

एक लाख ४२ हजारले लगाए कोरोनाविरुद्धको खोप

बझाङ । कोरोनाविरुद्धको खोप लगाउनेको संख्या एक लाख ४२ हजार नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लामा एक लाख ४२ हजार ६२९ जनाले खोपको पहिलो मात्रा लगाएका हुन ।

यस्तै बुस्टर डोज भने चार हजार ३०१ जनाले मात्र लगाएका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका २४ हजार ३९९ ले खोपको पहिलो मात्रा र २२ हजार ६९५ ले पूर्ण खोप लगाएका छन् । यस्तै पाटन नगरपालिकाका १६ हजार १७ले खोपको पहिलो मात्रा र २६ हजार ४९५ जनाले पूर्ण खोप लगाएका छन् ।

पुर्चौंडी नगरपालिकाका २१ हजार ३४०ले पहिलो र १८ हजार ४६३ जनाले पूर्ण खोप लगाएका छन् । यसैगरी मेलौली नगरपालिकाका १३ हजार ७८५ ले पहिलो मात्रा र १० हजार ८४१ जनाले पूर्ण खोप लगाएका छन् । डिलाशैनी गाउँपालिकाका १७ हजार ७३३ ले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण खोप लगाएका छन् ।

दोगडाकेदार, सुर्नया पञ्चेश्वर, शिवनाथ, सिगास गाउँपालिकाका बासिन्दाले पनि पहिलो खोप लगाइसकेका र पूर्ण खोप गउनेहरूको संख्या पनि बढदै गएको बताइएको छ । जिल्लामा १२ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्ध खोप दिने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको र सबै स्थानीय तहबाटे खोप अभियान निरन्तर चलिरहेको बताइएको छ ।