NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

७ अंकले घट्यो नेप्से, ३ अर्ब २७ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अंकले घटेर दुई हजार ६५३.७० विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अंकले घटेर ५०६.८४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ

कूल २२४ कम्पनीको ७ लाख ४० हजार ५६३ कित्ता सेयर खरिद बिक्री हुँदा तीन अर्ब २७ करोड तीन लाख ६५ हजार ९१० रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहबाहेक सबैको शेयर मूल्य ओरालो लागेको छ । हाइड्रोपावर र अन्य कम्पनीको शेयरमूल्य क्रमश: १.०४ र ०.६५ अंकले बढेको छ ।

आज म्यानुफ्याक्चरिङ एण्ड प्रशोधनको सबैभन्दा धेरै १.०९ प्रतिशत सेयरमूल्य घटेको छ । बाँकीको सेयरमूल्य १ प्रतिशत भन्दा कम छ ।

ताजा अपडेट

नेपालवाच विशेष