थप १११ जनामा कोरोना संक्रमण पुष्टि, ४१५ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १११ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ४८६ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमितको संख्या नौ लाख ७६ हजार ८६५ जना पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३९ हजार ३२६ जना रहेको छ । पछिल्लो समय थप ४१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ५६ हजार ४१३ पुगेको छ ।
आज थप एक जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ जना रहेको छ ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया