थप १११ जनामा कोरोना संक्रमण पुष्टि, ४१५ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १११ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ४८६ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमितको संख्या नौ लाख ७६ हजार ८६५ जना पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३९ हजार ३२६ जना रहेको छ । पछिल्लो समय थप ४१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ५६ हजार ४१३ पुगेको छ ।
आज थप एक जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ जना रहेको छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया