सरकार अमेरिकी सैन्य रणनीतिको विपक्षमा छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सांसदहरूले उठाएको प्रश्नहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसिसी) सम्बन्धी छलफलमा भाग दिँदै शर्माले सम्झौतामा सांसदहरूले उठाएको प्रश्नलाई सम्बोधन गर्न प्रतिवद्धता जनाएका हुन् ।
‘सम्झौतामा सैन्य रणनीतिबारे, सामजिक प्रतिष्ठा, बौद्धिक सम्पत्ति, राष्ट्रिय सुरक्षा, स्वाधिनता लगायत विषयमा प्रश्न उठेका छन्’, उनले भने, ‘स्वाधिनता नेपालीको सर्वाधिक महत्वको विषय हो । हामी जनप्रतिनिधिका लागि झनै महत्वको विषय हो । नेपालको राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ताप्रति सरकार प्रतिबद्ध छ ।
उनले सरकार कुनै सैन्य रणनीतिको हिस्सेदार हुन नसक्ने भन्दै एमसिसीलाई आर्थिक परियोजनाको रूपमा मात्र प्रयोग र्ने जिकिर गरे । उनले संविधानेले अंगिकार गरेको तीन खम्बे अर्थनीति सरकारले अगाडि बढाएकोले समाजवाद उन्मुख अर्थतन्त्रमा अगाडि बढ्न कसैले छेक्न नसक्ने दाबी गरे ।
उनले गठबन्धन सरकार गठबन्धनविरुद्ध बनेको सरकार भएको जिकिर गर्दै संविधान, लोकतन्त्रको संरक्षण र विकासका लागि प्रतिवद्ध रहेको बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया