एमसिसीको विरोधमा ८ वामद्वारा सोमबार नेपाल बन्द

काठमाडौं । ६ वटा कम्युनिस्ट पार्टी र २ वाम संगठनले अमेरिकी परियोजना एमसिसीको विरोधमा सोमबार (भोलि) नेपाल बन्दको घोषणा गरेका छन् ।
आज सत्तारुढ दलले एमसिसी पारित गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याइरहेको बेला बन्दको घोषणा गरिएको हो ।
६ कम्युनिस्ट पार्टी र २ वाम संगठनले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका नेताहरूले राष्ट्रघाती एमसिसी पारित गर्ने मुर्खता गरेको भन्दै बन्दको घोषणा गरेको बताएका छन् ।
बन्द आह्वान गर्नेमा विप्लव समूह, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनणतान्त्रिक मोर्चा, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (माओवादी समाजवादी) छन् ।
यस्तै, एमसिसीको विरोधमा आज राति मसाल जुलुससमेत गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया