एमसिसीबारे पार्टीमाथिको भ्रम चिर्न माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दै
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौताको सवालमा सत्तारूढ दल माओवादी केन्द्रले सोमाबार पत्रकार सम्मेलन गर्दैछ ।
सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि पार्टीप्रति देखिएको भ्रमलाई प्रष्ट पार्न पत्रकार सम्मेलन गर्न लागिएको प्रचण्डका निजी सचिवालयले जनाएको छ ।
निजी सचिवालयका अनुसार पत्रकार सम्मेलन दिउँसो तीन बजे प्रचण्ड निवास खुमलटारमा हुनेछ ।
यथास्थितिमा एमसिसी पास नगर्ने अडान लिएको माओवादी केन्द्रले आइतबार व्याख्यात्मक टिप्पणीसहित पास गर्न सहमत भएको थियो ।
प्रचण्डको उक्त कदमप्रति पार्टी नेता तथा कार्यकर्तामा चरम निराशा देखिएको छ । उनको सचिवालयले बाध्यात्मक परिस्थितिमा ‘ड्यामेज कन्ट्रोल’को निर्णय भएको भन्दै प्रचण्डको कदमको बचाउ गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया