फिफाद्वारा रुसमाथि कारवाही, अब राष्ट्रिय झण्डाविना नै खेल्नुपर्ने
काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरिहेको छ । यससँगै अधिकांश पश्चिमा राष्ट्र रुसविरुद्ध उत्रिएका छन् । यसको असर फुटबलसम्म पुगेको छ ।
फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले रुसी राष्ट्रिय फुटबल टोलीमाथि पनि कारवाही गरेको छ ।
अब रुसी टोलीले राष्ट्रिय झण्डा र राष्ट्रिय गानविना नै अन्तराष्ट्रिय खेल खेल्नुपर्ने भएको छ । फिफाले यस्तो निर्देशन दिएको हो ।
अब रुसले फुटबल युनियन अफ रसियाको नाममा तथष्ट भएर अन्तराष्ट्रिय खेल खेल्न भने पाउनेछ ।
युक्रेनमाथि रुसी आक्रमणको विरोधमा पछिल्लो समय युरोपका विभिन्न देशले रुससँग खेल खेल्ने अस्वीकार गरेका छन् ।
जसमा स्विडेन, पोल्याण्ड, चेक रिपब्लिक, इंग्ल्यान्ड र वेल्स रहेका छन् ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया