एमसिसी पारितप्रति असन्तुष्ट राष्ट्रिय जनमोर्चा पाँचदलीय गठबन्धनबाट बाहिरियो
काठमाडौं । अमेरिकी परियोजन एमसिसी पारित भएकोप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनमोर्चा पाँचदलीय गठबन्धनबाट बाहिरियो छ ।
राष्ट्रिय जनमोर्चाले आज एक विज्ञप्ति जारी गर्दै पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । पार्टीको आज बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अधिकांश नेपाली जनता विपक्षमा सडकमा उत्रिरहेको बेला झालझेल गरेर एमसिसी पारित गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति भएकाले गठनबन्धन त्यागेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
‘हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसिसीलाई संसद्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँचदलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ ।’
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया