कांग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने

कैलाली । नेपाली कांग्रेस कैलालीको सभापति पदको चयनका लागि पुनः निर्वाचन हुने भएको छ ।
कांग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्र्तगत आज भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए ।
मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी एक हजार १६९ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गर्नु भएको छ ।
निर्वाचनमा जम्मा दुई हजार ४८६ मत खसेको थियो भने ४८ मत बदर भएको छ । सभापतिका लागि अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । सबैभन्दा कम मत ल्याएका कलेल भने प्रतिस्पर्धाबाट बाहिरिनु भएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया