NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

सूर्या लाइफले ल्यायो ‘सूर्या सुरक्षा कवज’ बीमा योजना, यस्ता छन् विशेषता

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ‘सूर्या सुरक्षा कवज’ ल्याएको छ । कम्पनीले उक्त योजना सोमबार (हिजोदेखि) लागु हुने गरी सञ्चालनमा ल्याएको हो ।

यो योजनामा १८ वर्षको उमेर समुहले १ करोडको बीमांकमा वार्षिक १४ हजार ५५० सय वा मासिक १२ सयमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याईएको कम्पनीको भनाइ छ ।

सूर्या सूरक्षा कवज न्यूनतम १ लाख देखी आयश्रोतको आधारमा जति पनि गर्न सकिनेछ । जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यस योजनालाई अन्य योजनाहरुसंग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ ।

१ देखि ३० वर्ष सम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वाबार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमा शुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।

जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन यो योजनामा सरिक भई खरिद गर्न चाहने बीमितले कम्पनीको आधिकारिक वेवसाइट वा मोबाइल एपबाटसमेत घरैबाट लिन सकिने व्यवस्था गरिएको छ ।

बीमा शुल्क भने उमेर र अबधिको आधारमा फरक पर्न सक्ने समेत कम्पनीले बताएको छ ।