रुसी राष्ट्रिय टोली र क्लबलाई फिफा र युइएफएले लगाए प्रतिबन्ध
काठमाडौं । रुसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको विरोधमा अहिले पश्चिमा देशहरू प्रायः सबै एकजुट भइरहेका बेला यसको असर फुटबलमा पनि देखिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपेली फुटबल संघ (युइएफएले रुसको राष्ट्रिय फुटबल टोली र क्लबहरूमाथि प्रतिबन्ध लगाएको छ । अर्को सूचना नआएसम्मका लागि भन्दै प्रतिबन्ध लगाइएको हो ।
युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउँदै रुसी फुटबलमाथि प्रतिबन्ध लगाइएको फिफा र युइएफएले जनाएका छन् ।
यस प्रतिबन्धसँगै रुस मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्नबाट बञ्चित भएको छ ।
यस्तै युरोपा लिग खेलिरहेको रुसी क्लब स्पार्ताक मस्को प्रतियोगिताबाट बाहिरिएको छ ।
फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानविना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो । पुनः त्योभन्दा पनि कडा निर्णय आएको हो ।
फिफाद्वारा रुसमाथि कारवाही, अब राष्ट्रिय झण्डाविना नै खेल्नुपर्ने
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया