रुसी राष्ट्रिय टोली र क्लबलाई फिफा र युइएफएले लगाए प्रतिबन्ध
काठमाडौं । रुसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको विरोधमा अहिले पश्चिमा देशहरू प्रायः सबै एकजुट भइरहेका बेला यसको असर फुटबलमा पनि देखिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपेली फुटबल संघ (युइएफएले रुसको राष्ट्रिय फुटबल टोली र क्लबहरूमाथि प्रतिबन्ध लगाएको छ । अर्को सूचना नआएसम्मका लागि भन्दै प्रतिबन्ध लगाइएको हो ।
युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउँदै रुसी फुटबलमाथि प्रतिबन्ध लगाइएको फिफा र युइएफएले जनाएका छन् ।
यस प्रतिबन्धसँगै रुस मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्नबाट बञ्चित भएको छ ।
यस्तै युरोपा लिग खेलिरहेको रुसी क्लब स्पार्ताक मस्को प्रतियोगिताबाट बाहिरिएको छ ।
फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानविना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो । पुनः त्योभन्दा पनि कडा निर्णय आएको हो ।
फिफाद्वारा रुसमाथि कारवाही, अब राष्ट्रिय झण्डाविना नै खेल्नुपर्ने
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया