NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, ३५४ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ५०४ को पीसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमितको संख्या नौ लाख ७७ हजार ७६ जना पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३९ हजार हजार ४५३ जना रहेको छ ।

पछिल्लो २४ घण्टमा थप ३५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ५७ हजार १७६ जना पुगेको छ । संक्रमणमुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज थप २ जनाले कोरोनाबाट ज्यान गुमाएसंगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३८ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ रहेको छ । जसमध्ये १०६ जना क्वारेन्टिनमा छन् ।

No photo description available.

ताजा अपडेट

नेपालवाच विशेष