NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

राप्रपा नेपाल सुर्खेतको अध्यक्षमा चन्द, रसुवामा देवकोटा

काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिएको छ । पछिल्लो समय विभिन्न जिल्ला समिति धमाधम गठन भइरहेका छन् ।

यो क्रममा आज पार्टीको सुर्खेत जिल्ला अध्यक्षमा जीवन चन्द र रसुवा जिल्ला अध्यक्षमा टीका प्रसाद देवकोटालाई पार्टीले जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

जनवर्गीय संगठन केन्द्रीय समिति घोषणा सभाको तयारी पनि अन्तिम चरणमा पुगेको राप्रपा नेपालका नेता राजाराम बर्तौलाले जानकारी दिए ।

केही दिनभित्रै विद्यार्थी, युवक र महिला संगठनको घोषणा सभा तयारी भएको बर्तौलाले बताए ।