कांग्रेस मकवानपुरको मतपरिणाम सार्वजनिक, कसले कति ल्याए ?
काठमाडौं । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनअन्तर्गत सोमबार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
आज बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामअनुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् ।
कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरे । सचिव पदमा भीमसेन महत ८१३ र इश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भएका छन् । सह–सचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं विजयी भए ।
न्यौपाने ८५० तथा बजगाईंले ५६२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा सर्वसम्मत चयन भएका छन् । सभापतिमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो । दोस्रो चरणका लागि संस्थापन पक्षका दुई उम्मेदवार लामा र आनन्द पराजुलीबीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा लामालाई सर्वसम्मत चयन गरिएको थियो । सदस्यहरुको भने मत गणना हुन बाँकी छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया