कांग्रेस मकवानपुरको मतपरिणाम सार्वजनिक, कसले कति ल्याए ?
काठमाडौं । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनअन्तर्गत सोमबार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
आज बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामअनुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् ।
कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरे । सचिव पदमा भीमसेन महत ८१३ र इश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भएका छन् । सह–सचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं विजयी भए ।
न्यौपाने ८५० तथा बजगाईंले ५६२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा सर्वसम्मत चयन भएका छन् । सभापतिमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो । दोस्रो चरणका लागि संस्थापन पक्षका दुई उम्मेदवार लामा र आनन्द पराजुलीबीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा लामालाई सर्वसम्मत चयन गरिएको थियो । सदस्यहरुको भने मत गणना हुन बाँकी छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया