दाङमा सवारी दुर्घटनामा दुईको मृत्यु
देउखुरी । घोराही–धारापानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा घोराही–१५ का १८ वर्षीय अजय चौधरी रहेका छन् ।
धारापानी मेला हेर्न गएका चौधरी कर्जाहीमा आएर अटो चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मङ्गलबार साँझ नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । ठक्करपछि शङ्कास्पद मोटरसाकइल, अटो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै मङ्गलबार राति देउखुरीमा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी राप्ती गाउँपालिका–७ आनन्दपुरका १० वर्षीया सन्ध्या चौधरी रहेका प्रहरीले जनाएको छ । मृतक चौधरी र अन्य दुईजना मङ्गलबार राति साढे दश बजेका समयमा रा३प ३४६१ नंको मोटरसाइकलमा सवार रहेका थिए । गोबरडिहा शिवरात्रिको मेला हेर्न जान लागेका उनीहरु सवार रहेको मोटरसाइकल गढवा गाउँपालिका–२ महदेवा पुल नजिक विपरीत दिशाबाट आइरहेको लु२च ७६८२ नंको कारसँग ठोक्किएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको लमहीमा उपचारका क्रममा गएराति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
दुर्घटनामा परी राप्ती गाउँपालिका–४ सगरापुरका मोटरसाइकल चालक अन्दाजी ४५ वर्षीय जयराम चौधरी, सोही ठाउँ निवासी बेदकुमारी चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया