फोर्स गुर्खाको ‘टेष्ट ड्राइभ क्याम्पियन’मा पहिलो दिनमै २६ जना सहभागी
काठमाडाैं । केही समय अगाडि मुल्य सार्वजनिक गरी बुकिङ खुल्ला गरेको फोर्स गुर्खा 4x4x4 को टेष्ट ड्राइभ क्याम्पियनमा उत्साहजनक सहभागिता भएको छ ।
पोखराको चाउथेस्थित आफ्नै सोरुमबाट सम्पन्न भएको उक्त क्याम्पियनमा पहिलो दिनमा अर्थात आजै २६ जनाले सहभागिता जनाएको फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रालिले जनाएको हो ।
सहभागीहरुले भई टेस्ट ड्राइभ गरी यसका विशेषताहरुको भरपुर आनन्द लिएकाे कम्पनीको भनाइ छ । टेष्ट ड्राइभ क्याम्पियनमा उत्साहजनक सहभागी ग्राहकको फोर्स गुर्खा प्रतिको आकर्षकता वृद्धि रहेको जानकारी दिए ।
टेष्ट ड्राइभ यही फागुन २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । आयोजका अनुसार टेष्ट ड्राइभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउनेछन् । पोखरामा रहेको टेष्ट ड्राइभ क्याम्पियनपश्चात काठमाडौं, चितवन, झापा, ईटहरीलगायत विभिन्न सहरहरुमा टेष्ट ड्राइभ क्याम्पियन सञ्चालन गर्ने कम्पनीले जानकारी गराएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया