बाँकेमा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु
राँझा । नेपाली कांग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार निर्वाचनमा एक हजार ४९३ मतदाता छन् ।
सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान भइरहेको छ । अपराह्न ४ बजेसम्म मतदान चल्नेछ ।
सभापतिमा तीन, उपसभापति, सचिव र सहसचिवमा चार-चार उम्मेदवार प्रतिस्पर्धामा छन् । सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी प्रतिस्पर्धामा रेका छन् ।
पार्टीको विधानअनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदानलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शाहीले बताए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया