युक्रेनी फुटबलरले छोडे रुसी क्लब
काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको पनि एकहप्ता पुगिसकेको छ । यसबीचमा खेलकुद क्षेत्रमा पनि धेरै उथलपुथल आइसकेको छ । रुसी फुटबल टोली प्रतिबन्धमा परिसकेको छ ।
यसैबीच, युक्रेनी फुटबलर यारोस्लाव राकित्स्कीले पनि रुसी क्लब जेनिट सेन्ट पिटर्सवर्ग छाड्ने निर्णय गरेका छन् ।
डिफेन्डर राकित्स्कीले क्लब छाडेको रसियन प्रिमियर लिग क्लब पिटर्सवर्गले जनाएको छ । उनले रुसले आफ्नो देश युक्रेनमाथि आक्रमण गरेपछि सहमतिमै क्लब छाडेका हुन् ।
३२ वर्षीय डिफेन्डर २०१९ को जनवरीमा रसियन क्लब गएका थिए । त्यसअघि उनले युक्रेनी क्लब शाख्तर डोनेट्स्कबाट खेलेका थिए ।
राकित्स्की युक्रनी राष्ट्रिय टोलीका पूर्वखेलाडी हुन् । उनले २०१९ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
राकित्स्कीले युक्रेनका लागि ५४ खेल खेलेका थिए । उनले पिटर्सवर्गका लागि १०८ खेलमा ७ गोल गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया