कांग्रेसमा फेरि सभापतिविनै पदाधिकारीको बैठक किन बस्यो ?

काठमाडौं । पछिल्लो समय कांग्रेसमा सभापति शेरबहादुर देउवा विना नै पदाधिकारी बैठक बसिरहेको छ । मुख्य गरी पार्टीका भ्रातृ संस्थाका विधान टुंग्याउन सभापतिविना पदाधिकारीमात्रै बैठक बसेका हुन् ।
यस अघिदेखि नै पदाधिकारीहरूले महिला संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघसहितका टुंग्याउने प्रयास गरिरहेका छन् ।
केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले यस अघिदेखि नै सभापतिले विधान टुंग्याउनेसहितका जिम्मा पदाधिकारीलाई दिएको जानकारी दिए ।
‘यस अघिको कार्यसम्पादन समितिको बैठकले पार्टीका भ्रातृ संस्थाको विधान टुंग्याउने जिम्मा पदाधिकारीहरूलाई दिनुभएको थियो’ केसीले भने, ‘पदाधिकारीलाई मिलाएर ल्याउनुस् म अड्काउदिन भन्नुभएको छ । यसैले पदाधिकारीहरू नियमित सभापतिविना नै बस्दै बैठक बस्दै आउनुभएको छ ।’
अहिलेसम्म पदाधिकारी बैठकले दलित संघको विधान टुंगो लगाए पनि अरुको बाँकी छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया