कांग्रेसमा फेरि सभापतिविनै पदाधिकारीको बैठक किन बस्यो ?
काठमाडौं । पछिल्लो समय कांग्रेसमा सभापति शेरबहादुर देउवा विना नै पदाधिकारी बैठक बसिरहेको छ । मुख्य गरी पार्टीका भ्रातृ संस्थाका विधान टुंग्याउन सभापतिविना पदाधिकारीमात्रै बैठक बसेका हुन् ।
यस अघिदेखि नै पदाधिकारीहरूले महिला संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघसहितका टुंग्याउने प्रयास गरिरहेका छन् ।
केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले यस अघिदेखि नै सभापतिले विधान टुंग्याउनेसहितका जिम्मा पदाधिकारीलाई दिएको जानकारी दिए ।
‘यस अघिको कार्यसम्पादन समितिको बैठकले पार्टीका भ्रातृ संस्थाको विधान टुंग्याउने जिम्मा पदाधिकारीहरूलाई दिनुभएको थियो’ केसीले भने, ‘पदाधिकारीलाई मिलाएर ल्याउनुस् म अड्काउदिन भन्नुभएको छ । यसैले पदाधिकारीहरू नियमित सभापतिविना नै बस्दै बैठक बस्दै आउनुभएको छ ।’
अहिलेसम्म पदाधिकारी बैठकले दलित संघको विधान टुंगो लगाए पनि अरुको बाँकी छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया