NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ २७ गते

कैलाली कांग्रेसको सभापतिमा देउवा पक्षका भट्ट विजयी

काठमाडौं । नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा सभापति शेरबहादुर देउवा पक्षका नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन् ।

दोस्रो चरणको निर्वाचनमा भट्टले एक हजार ३५९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी बमले एक हजार ९६ मत पाउए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो । आज भएको मतदानमा दुई हजार ४६७ मत खसेको थियो ।

पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार बमले सबैभन्दा बढी मत पाएका थिए । बमले एक हजार १६९ मत पाउँदा सभापतिका अर्का उम्मेदवार भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका थिए ।

पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि फेरि मतदान भएको थियो । दोस्रो चरणमा इतर पक्षले पनि बमलाई सघाउने निर्णय गरेको थियो । तर भट्ट संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएर चुनाव लडेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष