कैलाली कांग्रेसको सभापतिमा देउवा पक्षका भट्ट विजयी
काठमाडौं । नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा सभापति शेरबहादुर देउवा पक्षका नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन् ।
दोस्रो चरणको निर्वाचनमा भट्टले एक हजार ३५९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी बमले एक हजार ९६ मत पाउए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो । आज भएको मतदानमा दुई हजार ४६७ मत खसेको थियो ।
पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार बमले सबैभन्दा बढी मत पाएका थिए । बमले एक हजार १६९ मत पाउँदा सभापतिका अर्का उम्मेदवार भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका थिए ।
पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि फेरि मतदान भएको थियो । दोस्रो चरणमा इतर पक्षले पनि बमलाई सघाउने निर्णय गरेको थियो । तर भट्ट संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएर चुनाव लडेका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया