यस्तो छ कांग्रेसलाई पहिलो बनाउने गगन थापाको सूत्र

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा यस अघिदेखि नै आगामी निर्वाचनबाट कांग्रेसलाई पहिलो दल बनाउनुपर्ने मत राख्दै आएका छन् । गत स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा कमजोर नतिजा ल्याएको कांग्रेसले कम्तिम १० लाख भोट बढाउन सके पहिलो दल हुने भविष्यवाणी गर्दै आएका छन् ।
फेरि पनि थापाले पुरानो चुनावी नतिजालाई आत्मसात गरी पार्टीमा एकता कायम गर्न सके अब कांग्रेसलाई कसैले पनि पहिलो दल बन्नबाट रोक्न नसक्ने बताएका छन् । गत निर्वाचनमा कांग्रेसले तीनै तहमा कमजोरी नतिजा ल्याएको भन्दै उनले आपसी एकता र उत्साह कायम गर्न सके मात्रै कांग्रेस अबको निर्वाचनमा पहिलो दल हुने बताए ।
‘चुनाव अघि हामीले गत निर्वाचनमा कति मत पाएको थियौं । पार्टीको पोजिसन कस्तो थियो भनेर बुझ्नुपर्छ’ थापाले पाेखराकाे एक कार्यक्रममा भने, ‘कमजोर नतिजाबाट माथि उठ्न पार्टीभित्र एकता आवश्यक छ । उत्साहक कायम गर्नुपर्नेछ । प्रभावकारी अभियान पनि चाल्न सक्दा हामी अबको निर्वाचनमा पहिलो दल बन्न सक्छौं ।’
पहिले हुने स्थानीय तहको निर्वाचनमा पहिलो दल बन्न सके आम निर्वाचन जितेर फेरि पहिलो दल बन्न कांग्रेसलाई कठिनाई नहुने उनको भनाई छ ।
चुनावी तालमेलको विषयमा बिहीबार सत्ता गठबन्धनको बैठकमा छलफल भएको भन्दै उनले पार्टीभित्र आन्तरिक छलफल गरेपछि एउटा टुंगोमा पुग्ने बताए ।
‘चुुनावी तालमेल कसरी गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसले आगामी केन्द्रीय समितिको बैठकमा छलफल गरेर एउटा निर्णय लिन्छ ।’ उनले भने ।
कांग्रेसमा चुनावी तालमेलका विषयमा कांग्रेसमा फरक मत छ । डा. शेखर कोइराला केन्द्रले नै तालमेलको निर्णय लिन नहुने पक्षमा छ ।
स्थानीय आवश्यकताको आधारमा केही ठाउँमा फरकफरक दलसँग तालमेल गर्ने विषयलाई मात्रै खुला राख्नुपर्ने पक्षमा उनीहरू छन् । तर संस्थापन पक्षका नेता भने तालमेल गरेमात्रै कांग्रेस पहिलो पार्टी बन्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया