युक्रेनको परमाणु केन्द्र रुसको नियन्त्रणमा
एएफपी । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए । बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागी समेत भएको थियो । त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन् ।
रुसी सैनिकहरूले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले नै पुष्टि गरेका हुन । रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको थियो । कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् भने उनीहरुले कामलाई निरन्तरता पनि दिइरहेका छन् ।
युक्रेनको आपतकालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु केन्द्रमा लागेको आगो निभाइएको पुष्टि गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया