‘सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तर खस्कियो‘

प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा स्तर खस्किएको गुनासो गरेका छन् ।
‘अचेल कपी पेस्ट पत्रकारिता चलेको छ, कुनै पत्रिकामा पनि सम्पादकीय आउँदैन,’ नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमा उनले भने, ‘सम्पादकीय लेख्नै छाडिएको छ, यसले पत्रिकाको स्तर राम्रो बनाउँदैन ।’
सम्पादकीय नलेखिने पत्रिका हुन् कि होइन भनेर काउन्सिलमा बहससमेत हुने गरेको उनले सुनाए । उनले सम्पादकीयलाई स्थान दिएर पत्रिका छाप्न उनले जोड दिए ।
सम्पादकीय, लेख, रचना र स्थानीय विषयवस्तुलाई नै वर्गीकरणको आधार मानिने गरी छलफल अघि बढाइएको जानकारी पनि उनले उक्त अवसरमा दिए ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया