ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
दमक । पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो ।
ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया