दुई डिजिटमा झर्यो कोरोना संक्रमितको संख्या
काठमाडौं । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण एक सयभन्दा कम पुष्टि भएको छ । देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस (कोभिड–१९_ सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार २२० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार ४४७ पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ५४९ रहेको छ । पछिल्लो समय थप ३६२ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ५८ हजार ५५५ पुगेको छ । निको हुने दर ९८ दशमलव एक प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४५ पुगेको छ भने पछिल्लो २४ घण्टामा यस रोगबाट हुने मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो समय दुई लाख ८६१ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ९४७ रहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया